Comments Add Comment

हेटौँडामा मृत अवस्थामा शव फेला, हत्याको आशंकामा एक पक्राउ

मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर १० टिसिएन रोड क्षेत्रमा कोठा भाडा लिएर बस्ने एकजना मृत अवस्थामा फेला परेका छन् । आफ्नै डेरामा उनी मृत फेला परेका हुन् । तर उनको हत्या भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी यज्ञप्रसाद भट्टराईले बताएका छन् ।

मृत्यु हुनेमा  हेटौँडा १० मा केशरी कम्युनिकेसन संचालन गर्दै आएका भारत पुर्वि चम्पारन विहार बस्ने २४ बर्षीय रवि केशरी रहेको भट्टराईले बताएका छन्।
उनी गत कार्तिक १३ गतेबाट हराईरहेको थिए । केशरी हत्याको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर