2025-12-05 8:43 pm

हेटौँडामा मृत अवस्थामा शव फेला, हत्याको आशंकामा एक पक्राउ

मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर १० टिसिएन रोड क्षेत्रमा कोठा भाडा लिएर बस्ने एकजना मृत अवस्थामा फेला परेका छन् । आफ्नै डेरामा उनी मृत फेला परेका हुन् । तर उनको हत्या भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी यज्ञप्रसाद भट्टराईले बताएका छन् ।

मृत्यु हुनेमा  हेटौँडा १० मा केशरी कम्युनिकेसन संचालन गर्दै आएका भारत पुर्वि चम्पारन विहार बस्ने २४ बर्षीय रवि केशरी रहेको भट्टराईले बताएका छन्।
उनी गत कार्तिक १३ गतेबाट हराईरहेको थिए । केशरी हत्याको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad