नेकपा एकिकृत समाजवादी पार्टी राक्सिराङ गाउँ कमिटिको अध्यक्षमा ज्ञानेन्द्र थोकर (तामाङ्ग) सर्वसहमत चयन भएका छन् । सोमबार सम्पन्न पार्टीको भेलाबाट तामाङ्गलाई अध्यक्षमा सर्वसहमत चयन गरेको हो । कार्यक्रम नेकपा एस राक्सिराङ गाउँ कमिटीका ईन्चार्ज कृष्ण बहादुर प्रजा र नेकपा एसका स्थायी कमिटी सदस्य, स्वास्थ्य तथा जन संख्या मन्त्री बिरोध खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

कार्यक्रममा नेकपा एसका केन्द्रिय सदस्य राजराम मोक्तान , बागमती प्रदेश कमिटी सदस्य गोबिन्द राम चेपाङ र जिल्ला अध्यक्ष श्रीधर पोख्रेल लगायत जिल्ला अध्यक्षहरुको उपस्तिथि रहेको थियो। त्यस्तै भेला बाट ५१ कार्य समिति सदस्य गठन भएको छ। जस्को उपाध्यक्षमा बुद्ध माया प्रजा चयन भएकी छन भने बाँकी पदाधिकारी पछि मनोनयन गरिने बताएका छन् ।