शहीद स्मारक (ए) डिभिजन लिग फुटबल अन्तर्गत सोमवारको खेलमा हिमालयन शेर्पाले सातदोबाटो युथ क्लबलाई पराजित गर्दै विजयी भएको छ । हिमालयन शेर्पा क्लवलाई १–० गोल अन्तरले पाखा लगाउँदै विजयी भएको हो । आज दशरथ रङ्गशालामा भएको खेलमा हिमालयन शेर्पाका लागि कप्तान विश्वास श्रेष्ठले खेलको ४५ औँ मिनेटमा पेनाल्टीमा गोल गरे । सातदोबाटोका पिटर सेगुनले पेनाल्टी क्षेत्रमा त्रिदेव गुरुङलाई फउल गरेपछि शेर्पाले पेनाल्टीको अवसर पाएको थियो । जितसँगै शेर्पा सात खेलमा ११ अङ्क जोडर पाँचौँ स्थानमा उक्लिएको छ ।