बागमती प्रदेशको राजधानी हेटौंडामा बन्धक बनाएर फिरौती रकम माग गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौडा–१५ बस्ने २९ वर्षीय सुरेश लामा, हेटौंडा–१२ बस्ने २१ वर्षीय समिर बल र सोही वडा बस्ने २८ वर्षीय अशोक लामा रहेका छन् । उनिहरुले हेटौडा –१० बसपार्कस्थित ट्राभल होटल एण्ड लजको रुम नं. १०७ मा पर्सा बिरंगज –१९ बस्ने २७ वर्षीय अमन कुमार श्रीवास्तवलाई बन्धक बनाएर राखेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

श्रीवास्तवलाई बन्धक बनाएर उनको घरमा फोन सम्पर्क गर्न लगाएर फिरौति रकम (पैसा) समेत माग गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार उनिहरुले फिरौती रकम के ? कति ? माग गरेको थियो त्यो भने खुलाएको छैन । उनिहरुलाई नियन्त्रणमा लिएर सम्मानित मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान कार्य भईरहेको जनाएको छ ।