मकवानपुरको मनहरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । गएराती हेटौडाबाट चितवन तर्फ जादै गरेको बागमती प्रदेश ०१–००६ ख ३६४० नम्बरको ट्रकले बिपरित दिशाबाट आउदै गरेको ना २३ प ७०६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ। मृत्यु हुनेमा पर्साका ४१ वर्षिय ओम प्रकाश गिरी रहेको प्रहरी जनाएको छ । घाईते गिरीको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको छ । ठक्कर दिने ट्रक तथा चालक इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।