Comments Add Comment

समुन्नती वनजन्य सहकारी संस्थाको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा रहेको समुन्नती वनजन्य उत्पादन तथा विविधिकरण सहकारी संस्थाको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार गाउँपालिकाका अध्यक्ष विदुर हुमागाँईको प्रमुख आतिथ्यता तथा सहकारीका अध्यक्ष देवान सिं दोङको अध्यक्षतामा दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

No description available.

सभामा बोल्दै प्रमुख अतिथि हुमागाँईले सहकारीको सफलताको शुभकामना व्यक्त गरेका छन् । गाउँपालिका भरमा वनजन्य सहकारी एक मात्र रहेकोले गाउँपालिका भर रहेका विभिन्न जडिबुडीहरु संकलन गरी आय आर्जन गर्न सकिने र यसबाट सहकारीका सदस्यहरुले मनग्य आम्दानी गर्न सकिने हुमागाईले बताए ।

No description available.

सहकारीको वार्षिक प्रतिवेदन सहकारीका व्यवस्थापक अमर बहादुर ब्लोनले प्रस्तुत गरेको थिए । त्यस्तै ऋण तर्फको प्रतिवेदन ऋण संयोजक शुकुराम थिङ्गले प्रस्तुत गरेका थिए भने लेखा तर्फको प्रतिवेदन लेखा समितिको संयोजक अमर लामाले प्रस्तुत गरेका थिए । सहकारीले आर्थिक वर्ष २०७७/०७८ मा करिब २२ लाख बराबरको कोरोबार गरिएको बताएको छ । सहकारीले वचत तथा ऋण लगानी मात्र नभई यस वर्षदेखि सहकारीका सदस्यहरुले उत्पादन गरेका दुग्ध खरिद बिक्री समेत गरेको सहकारीका अध्यक्ष देवान सिं दोङले बताए ।

No description available.

साधारणसभामा वडा नम्बर ५ का वडाध्यक्ष जित बहादुर घिमिरे , सोही वडाका वडा सदस्य शुकुराम थिङ्ग , लालिगुराँस दुग्ध उत्पादक सहकारी संस्थाका सदस्य जसोदा लम्साल , विभिन्न संघ संस्थाका पदाधिकारीहरु र सहकारीका अन्य सदस्यहरु लगायतकाको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर