2025-12-05 7:57 pm

मोबाइल एसोसिएसन मकवानपुरद्वारा २२ थान डस्टबिन सहयोग

२८मंसिर, हेटौंडा- मकवानपुर गढी गाउँपालिका ४ स्थित मक्रान्चुलीमा रहेको धामिर्क तथा पर्यटकीय स्थल मनकामना मन्दिरमा मोबाइल एसोसिएसन अफ नेपाल मकवानपुरले २२ थान डस्टबिन सहयोग गरेको छ ।

शनिबार मोबाइल एसोसिएसन अफ नेपाल मकवानपुरले एक कार्यक्रमको आयोजना गर्दै मकवानपुर गढी गाउँपालिका अध्यक्ष विदुर प्रसाद हुमागाई र गढी गाउँपालिका ४ का वडाध्यक्ष राम प्रसाद तिमिल्सिनालाई उक्त २२ थान डस्टबिन हस्तान्तरण गरेको हो ।

मोबाइल एसोसिएसन अफ नेपाल मकवानपुर अध्यक्ष एसिस रिजालको सभाध्यक्षतामा भएको उक्त हस्तान्तरण कार्यक्रममा मकवानपुर गढी गाउँपालिका अध्यक्ष विदुर प्रसाद हुमागाईको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष हुमागाईले धामिर्क स्थललाई फोहर रहित बनाउने उद्देश्यले डस्टविन सहयोग गरेकोमा मोबाइल एसोसिएसन मकवानपुरलाई धन्यवाद ज्ञापन व्यक्त गरेका छन्। मनकामना मन्दिर परिसर फोहोर हुदै गएको र त्यसको व्यवस्थापनमा सहज हुने र मनकामनाडाँडा पर्यटकीय स्थल भएकोले यस क्षेत्रलाई सुन्दर बनाउन सहयोग पुर्याउने उदेश्यले डस्टविन सहयोग गरिएको एसोसिएसन मकवानपुरका अध्यक्ष रिजालले बताएका छन्।

कार्यक्रममा गढी गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष राम प्रसाद तिमिल्सिना, एसोसिएसन कोषाध्यक्षमा कुमार हुमागाई, गोरखनाथ मनकामना टोली विकास संस्थाका उपाध्यक्ष बालकृष्ण तिमिल्सिना, मनकामना खानेपानी समितिका अध्यक्ष रामचन्द्र देवकोटा मोबाइल एसोसिएसन अफ नेपाल मकवानपुरका सल्लाहाकार प्रकाश महर्जन, महेन्द्र राउत सहित मोबाइल एसोसिएसन अफ नेपाल मकवानपुरका पदाधिकारीहरु र स्थानीयहरुले उपस्थिति रहेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad