मकवानपुर प्रहरीले एक नाले भरुवा बन्दुक र लागुऔषधसहित मकवानपुरगढीबाट एक जनालाई पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर अस्थायी प्रहरी पोष्ट धादिङ्गबाट खटिएको प्रहरी टोलीले मकवानपुरगढी गाउँपालिका वडा नं ५ बस्ने ५२ वर्षीय डिल बहादुर गोङ्वालाई आफ्नै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले घरभित्र लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध अफिम जस्तो देखिने सेतो पदार्थ ७५ ग्राम, लागूऔषध गाँजा ७०० ग्राम र एक नाले भरुवा बन्दुक बरामद गरेको छ । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।