५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा मकवानपुरगढी गाउँपालिकाले बिबिध कार्यक्रम गरी मनाइएको छ । बिहिबार मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जेलामा स्याङ्तानको प्रमुख आतिथ्यता तथा वडा न.१ अध्यक्ष तथा सामाजिक शिक्षा संयोजक आईत सिं लो को सभाध्यक्षता र पालिका उपाध्यक्ष मान कुमारी पाख्रीन (नेपाली)को बिशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

May be an image of 6 people, people sitting, people standing and indoor

कार्यक्रममा मकवानपुरगढी गाउँपालीकामा शैक्षिक सत्र २०७८ मा एसईई परीक्षामा उत्कृष्ट ५ जना मध्ये गाउँपालिका प्रथम हुने भानु माध्यमिक विद्यालयका विनायक भट्टराई (३.२५) जिपिए ल्याई प्रथम भएकोमा नगद रु १०,००० रुपैयाँ सहित सम्मानित गरिएको छ । त्यस्तै बंशगोपाल माध्यामिक बिधालय (प्राबिधिक शिक्षालय)को छात्रा अबिना कुमारी मुक्तान लगायत ४ जनालाई रु ६००० सहित सम्मान गरिएको छ ।

May be an image of 6 people, people sitting and people standing

यसैगरी पालिकाभरी कक्षा–८ मा उत्कृष्ट ५ जना, र गढीगाउँपालिकामा रहेको बिधालयमा विभिन्न तहगत रुपमा गराइएको हस्तलेखन प्रतियोगितामा सफल हुने बिद्यार्थीहरुलाई स्कुल ब्याग र शैक्षिक सामाग्री सहित सम्मान तथा बधाई कार्यक्रम गरिएको थियो ।

May be an image of 11 people, people sitting and people standing

कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष कृष्ण प्रसाद बजगाई, प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी,शिक्षा प्रमुख राम बहादुर घलान ,शिक्षा समिती सदस्य एंबम बंश गोपाल माविका अध्यक्ष राम प्रसाद पुडासैनी ,श्रोत शिक्षक दासरथी उपाध्याय लगायत मकवानपुरगढी गाउँपालिका अन्तर्गत ३९ वटै बिधालयका प्रधानध्यापकहरु र अभिभावकहरु लगायतकाको उपस्थिती रहेको थियो ।