Comments Add Comment

सुबिसुको सेवा अब सिम्पानी र टुटेपानीमा पनि

हेटौंडा – केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसुले आफ्नो सेवा बिस्तारलाई तीव्रता दिएको छ । सुबिसुले माघ १ गतेदेखि मकवानपुरको हेटौंडा–१३ स्थित सिम्पानी र टुटेपानीमा फाइबर विस्तार गरी सेवा सुरु गरेको हो ।

सिम्पानी र टुटेपानीमा माघ १ गतेदेखि सेवा विस्तार गरिएकोमा हालसम्म १७ घरले इन्टरनेट सेवा जडान गरेको जनाइएको छ । त्यस क्षेत्रमा २ सय ५० भन्दा बढी ग्राहकले सेवा लिने विश्वासका साथ विशेष अफर सहित सेवा दिन थालिएको सुबिसु हेटौंडा शाखाकी मार्केटिङ अफिसर नर्वदा श्रेष्ठले जानकारी दिइन् ।

श्रेष्ठका अनुसार सिम्पानी र टुटेपानीका ग्राहकलाई लक्षित गरी सुबिसुले विशेष छुट अफर ल्याएको हो । अफर सम्बन्धी विशेष जानकारी लिन सुबिसुको हेटौंडा शाखाको 057-521501 वा 057- 525883 मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

सुबिसुले आफ्ना ग्राहकहरुको माग र सन्तुष्टिलाई प्राथमिकतामा राखि समय समयमा कम्पनीले सेवा विस्तार तथा गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर