Comments Add Comment

कैलाश गाँउपालिकाले पारित गर्यो ३८ करोड ४२ लाखको बजेट

मकवानपुरको पश्चिमी क्षेत्रको विकट कैलाश गाउँपालिकाले दुई तिहाईको प्रयोग गरी मध्यरातमा गाउँसभा गरी पास गरेको छ । आईतबार केही पत्रकारहरु राखेर गरिएको पत्रकार सम्मेलनमा २०७६÷०७७ को बिनियोजन गरेको बजेट सार्बजनिक गरिएको बताइएको छ ।

नेपाली कांग्रेस कैलाश गाउँपालिकाले गाउँपालिका अध्यक्षले बजेट एकलौटी ढंगबाट ल्याउन लागेको, विपक्षी दलको वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुको कुरा नसुनी मनोमानी निर्णय गरेको भन्दै साउन १७ गते गाउँपालिकामा लगाएको ताला साँझा ७ बजे प्रशासन लगाएर तोडी मध्येरातमा गाउँसभा गरी बजेट पारित गरेको एक वडा अध्यक्षले बताए । एक वडा अध्यक्षका अनुसार ५८ जना रहेको गाउँकार्यपालिकामा दुईतिहाई प्रयोग गरी ३१ जना कार्यपालिका सदस्य राखेर मध्यरात १२ वजे पारित गरेको बताए ।

बैंठकमा ६ वडा अध्यक्ष, २३ जना वडा सदस्य, गापा प्रमूख र उपप्रमूखसहित अन्य वडा अध्यक्ष र कार्यपालिका सदस्यलाई बैंठकमा प्रवेश गर्न नदिई प्रहरी प्रसाशन राखेर गाउँसभा गरेका थिए । नेपाली कांग्रेस कैलाश गाउँपालिकाले विभिन्न माग राखी साउन १७ गते दिउँसो तालाबन्दी गरेको भएपनि प्रहरी प्रशासन राखी मध्यरातमा गाउँपालिका अध्यक्षले एकलौटी ढंगले बजेट पास गरिएको एक वडा अध्यक्षले जानकारी दिए । असन्तुष्ट वडा अध्यक्षहरु व्डा नम्बर २ का राजेन्द्र घिसिङ, ६ का ठूलोकान्छा लामा, ७ का उदाश भ्लोन र १० नम्बरका माणिकलाल मुक्तान, सदस्यहरु १६ जना र कार्यपालिकाका सदस्य थप ३ जना कार्यपालिका सदस्यहरुलाई गाउँसभामा प्रवेश गर्न नदिई गाउँसभाबाट बजेट पारित गरेको २ नम्बर वडा अध्यक्ष राजेन्द्र घिसिङले बताए । यता नेपाली कांग्रेस ४ नम्बर क्षेत्रीय सभापति एवं कैलाश गाउँपालिका संयोजक लोकबहादुर मुक्तानले जनप्रतिनिधि, कांग्रेस र स्थानीय जनताले असन्तुष्टि जनाउँदाजनाउँदै पनि एकलौटी ढंगले जनप्रतिनिधिहरुलाई भित्र पस्न नदिई एकलौटी निर्णयबाट गाउँसभा गरी बजेट पास गरेकोले अवका दिनमा संघर्षका चरणबद्ध आन्दोलन गरिने बताउनुभयो । विषयगत समितिले योजना ड्राफ्ट गर्नुपर्नेमा गैरजनप्रतिनिधिले हेटौंडाको चिया दोकान र भट्टीमा बसेर योजना बनाएको भन्दै संयोजक लोक मुक्तानले विषयगत समितिको सभापतिको वडामा मात्रै बजेट मात्रै हालेको र सर्वसम्मतरुपमा योजना नहाली सभापतिले भट्टीमा बसी मनलाग्दी योजना हालेको भन्दै विरोध जनाएका छन् ।

कैलाश गाउँपालिका अध्यक्ष टंक मुक्तानका अनुसार कूल ३८ करोड ४२ लाख ७४ हजार रुपियाँ बराबरको बजेट बिनियोजित छ । जसमध्ये चालूतर्फ १६ करोड ८३ लाख ३९ हजार र पुँजीगततर्फ २१ करोड ५९ लाख ३५ हजार रुपियाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर