यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हेटौंडा , बकैया र मनहरी गरी मकवानपुरमा २७ जना कोरोना संक्रमित थपिए


मकवानपुरमा बुधबार बिहान थप २७ जना कोरोना संक्रमित थपिएका छन् । बुधबार बिहान आएको ४६ जनाको रिपोर्टमा २७ जनामा कोरोना पोजेटिभ देखिएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो । कात्र्तिक ११ गते स्वाब संकलन गरिएकोमा १० महिला र १७ पुरुष गरि २७ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेमा हेटौंडा नगर क्षेत्रका २५ जना , बकैया गाउँपालिका र मनहरी गाउँपालिकाका एक एक जना रहेका छन् ।

Advertisement
