मकवानपुर उद्योग वाणिज्य संघको वाणिज्य तर्फको उपाध्यक्षमा अनिल अग्रवाल विजयी भएका छन् । संघको मंगलबार सम्पन्न निवार्चनमा अहिले मतगणना जारी छ । भर्खरै सकेको वाणिज्य तर्फको मत गणनामा अग्रावालले ६७२ मत प्राप्त गरी विजयी भएको हो । त्यस्तै अर्का उपाध्यक्षका आकांक्षी रामप्रसाद न्यौपानेले ६१८ मत प्राप्त प्राप्त गरेका छन् । अग्रवाल कृष्ण गुप्त अग्रवालको प्यानलबाट उम्मेदवार बनेका हुन् । अहलिे अध्यक्ष पदको मत गणना जारी छ ।

वाणिज्य तर्फको सदस्यहरुमा कुल प्रसाद चौलागाई,अनिल भक्त श्रेष्ठ,दिवश पराजुली,नेत्र प्रसाद खतिवडा,माधव ज्ञवाली,विकेशलाल श्रेष्ठ र सुदर्शन खरेल विजयी भएका छन् भने मनहरी आरक्षणमा कृष्णहरी बर्तौला,महिला आरक्षणमा निलम वैद्य विजयी भएका छन् ।