मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा कृष्ण कुमार गुप्ता अग्रवाल निर्वाचित भएका छन् । आज मंगलबार सम्पन्न मत गणना अनुसार मकवानपुर उद्योग वाणिज्य संघको आगामी कार्यकालको लागि अध्यक्ष पदमा अग्रवाल निर्वाचित भएका हुन। अग्रवालले १२४६ मत प्राप्त गर्दा अध्यक्षका अर्का उम्मेदवार राजकुमार न्यौपानेले ११५५ मत प्राप्त गरेका छन । अग्रवालले न्यौपानेलाई ९१ मतान्तरले पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

No description available.