वाणिज्य बैक कर्मचारी संघको बार्षिकोत्सवको अवसरमा मामाघर नेपाललाई सहयोग

Company Register

राष्ट्रिय वाणिज्य बैक कर्मचारी संघ नेपालको ३२ औँ बार्षिकोत्सवको अवसरमा सडक बालबालिकाहरुकोे उद्दार, परामर्श, आवासीय सेवा सहित शिक्षा, स्वास्थ र पारिवारिक पुर्नस्थापना गर्दै आइरहेको मामाघर नेपाल मकवानपुरलाई एघार हजार एक सय एघार रुपैँया सहयोग प्रदान गरेको छ । संघको बार्षिकोत्सवमा प्रत्येक वर्ष साउन ६ गते विभिन्न अनाथ आश्रम र परोपकारी संस्थालाई सहयोग गर्दै आइरहेकोमा यो वर्ष मामाघर नेपाललाई आर्थिक सहयोग गरिएको राष्ट्रिय वाणिज्य बैक कर्मचारी संघ नेपालको केन्द्रिय कोषाध्यक्ष रबिन्द्र चौलागाईले बताए ।

Advertisement

संघले अन्य समयमा समेत परोपकारी संस्थाहरुलाई सहयोग गर्दै आइरहेको र आगामी दिनमा समेत सहयोगलाई निरन्तरता दिने चौलागाईले बताए । उक्त सहयोगको रकम संघका सदस्य र पदाधिकारीको लेवि र सहयोग रकमबाट जुटेको भन्दै यो सहयोगका संघका सबै सदस्यहरुको रहेको उनले बताए ।
त्यस्तै मामाघरका संरक्षक अर्पन पराजुलीले असहाय बालबालिकालाई संरक्षण गर्ने कार्यमा हातेमालो गर्ने, विभिन्न तरिकाले सहयोग पुर्याउने सबैप्रति आभार व्यक्त गरे । मामाघरलाई सबैको सहयोग र सदभावबाट नै निर्माण र संचालन भइरहेको उनले बताए । मामाघर नेपालले यस्तो प्रतिकुल समयमा समेत सहयोग प्राप्त हुनु सराहनिय कार्य भएको र सहयोगको लागि धन्यवाद समेत प्रकट गरेका छन् ।

ya thau khali xa

संघको हेटौंडा शाखा कार्यालय प्रारम्भिक कमिटिका अध्यक्ष विष्णु विश्वकर्माले कार्यक्रम संचालन गरेको थिए भने कार्यक्रममा राष्ट्रिय वाणिज्य बैँक हेटौंडा शाखाका कर्मचारी रामहरी अधिकारी,सागर लामिछाने, बलराम अर्याल र मामाघरको भान्जाहरुको उपस्थिती रहेको थियो । सडक बालबालिकाको ब्यबस्थापनमा सक्रिय रहेको मामाघर नेपाल यस्तै दान, चन्दा ,उपहार र सहयोगमा संचालित परोपकारी सामाजिक संस्था हो।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...