मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर १७ र १८ मा विभिन्न पार्टी परित्याग गर्दै ४२१ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेको आयोजनामा पार्टी शुद्धीकरण एवं पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी, राप्रपा र नेपाली कांग्रेस लगायत विभिन्न पार्टी परित्याग गर्दै ४२१ जना नेकपा एमालेमा प्रवेश गरेको एमाले मकवानपुरका जिल्ला सदस्य नरहरी महतले जानकारी दिए ।

आज बुधबार दिउँसो भोर्लेमा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै एमाले प्रवेश गर्नेहरुलाई नेकपा नेकपा एमालेका केन्द्रीय सदस्य एवं मकवानपुरका इन्चार्ज रामेश्वर राना,मकवानपुर क्षेत्र नंबर १ का सांसद तथा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहाल, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई ,एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महत लगाएतले टिका र खादा लगाएर स्वागत गरेका थिए । कार्यक्रममा एमाले मकवानपुरका नेता बद्रि लम्साल, कमल बिष्ट, हेटौंडा १७ का वडा अध्यक्ष भैरव राई, हेटौंडा १८ का वडा अध्यक्ष अनिल बानियाँ, मेयर हरि बहादुर महतका राजनीतिक सल्लाहकार नरहरी महत लगायतकाको आतिथ्यता रहेको थियो ।