Coronavirus COVID-19

शिक्षासम्वन्धी कानुन र समसामयिक कानुनी सवालहरु विषयक प्रशिक्षण सम्पन्न

[Ads]

नेपाल राष्ट्रिय शिक्षक संगठन हेटाै्ंडा समिति मकवानपुरकाे प्रविधीमैत्री प्रशिक्षण अाज अध्यक्ष मुकुन्द न्याैपानेकाे अध्यक्षतामा सम्पन्न भएकाे छ । कानुनविद् तथा प्रधामन्त्रि केपि शर्मा अाेलीका कानुनी सल्लाहकार बाबुराम दाहालकाे प्रमूख अातिथ्यता एवम् प्रशिक्षणमा शिक्षासम्वन्धी कानुन र समसामयिक कानुनी सवालहरु विषयमा प्रशिक्षण सम्पन्न भएकाे हाे । मुलुकमा विद्यमान काेराेना भाईरस संक्रमण पछि भएकाे लकडाउनका कारण प्रविधिमा अाधारित गुगल मिट एपमार्फत सम्पन्न समापन समाराेहमा नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिती सदस्य पद्मा पाैडेलकाे विशेष अातिथ्यता तथा प्रशिक्षण सम्पन्न भएकाे हाे ।

प्रशिक्षण कार्यक्रमलाई संवाेधन गर्दै प्रशिक्षक दाहालले शिक्षामा कानुनी जटिलताहरु अझैपनि रहेकाेले त्यसलाई चिरेर सहज बनाउन अाग्रह गर्नुभयाे । प्रस्तावित संघिय शिक्षा ऐन जारी भईनसकेकाे अवस्थामा प्रादेशिक शिक्षा ऐन स्थानीय शिक्षा ऐन बन्न नसकेकाे बारे सबैले बुझ्नु जरुरी रहेकाे समेत प्रष्ट पार्नुभयाे । कतिपय स्थानीय तहले स्थानीय शिक्षा ऐन निर्माण गरेकाे सन्दर्भमा त्यसकाे बैधताबारे पनि गम्भीर हुन अाग्रह गर्नुभएकाे संगठन जिल्ला प्रचार विभाग प्रमुख सुनिल गाैतमले बताउनुभयाे । कार्यक्रममा,कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन वाग्मति प्रदेस , सचिवालय सदस्य माेहन शर्मा,संगठन मकवानपुर जिल्ला अध्यक्ष श्रीराम दाहाल उपाध्यक्ष लक्ष्मी गजुरेल, रसुवा अध्यक्ष माेचनाथ न्याैपाने, रुपन्देही अध्यक्ष माेतिलाल सुवेदी, सिन्धुली अध्यक्ष पुरुषाेत्तम पाहाडि, सहसचिव प्रतिमा गाैतम, सहकाेषाध्यक्ष चन्द्रादेबी लामा बल, जिल्ला प्रचार विभाग प्रमूख सुनिल गाैतम, सचिवालय सदस्य कृष्ण पाैडेल, शिक्षक सहकारी अध्यक्ष सिताराम दाहाल, सदस्य सविता लामिछाने, मकवानपुरगढी अध्यक्ष, शिवप्रसाद लामिछाने, भिमफेदी अध्यक्ष कृष्ण पाेखरेल ,थाहानगर अध्यक्ष रमेशमान डङ्गाेल धादिङ सदस्य सरस्वती पाण्डे, रसुवा का बिष्णुप्रसाद पाैड्याल,लगायतकाकाे उपस्थिती रहेकाे थियाे ।

नगर समिति मकवानपुरले जेष्ठ १० गते दाेस्राे नगर परिषद अनलाईन प्रविधिबाट गर्ने जनाएकाे छ भने जेष्ठ ११ गतेदेखि संगठन जिल्ला महिला बिभाग ले प्रशिक्षण कार्यक्रम अायाेजना गर्ने संगठन जिल्ला अध्यक्ष श्रीराम दाहालले बताउनुभएकाे छ ।

सम्बन्धित शीर्षक
प्रतिक्रिया
Loading...