Comments Add Comment

हेटौंडा अस्पतालमा सिटीस्क्यान सेवा सुरु

मकवानपुरको एक मात्र सरकारी अस्पताल हेटौंडा अस्पतालमा आइतबारदेखि सिटीस्क्यान सेवा सुरु भएको छ । बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडाको सरकारी अस्पतालमा पहिलोपटक सिटीस्क्यान सेवा सुरु भएको हो । हेटौंडा अस्पतालमा सिटी स्क्यान सेवा सुरु भएपछी बिरामीलाई सहज भएको छ ।

निजी क्षेत्रका अस्पतालमा यो सेवा पहिले देखिनै सुरु भएपनि हेटौंडा अस्पतालमा भने आईतबारदेखि मात्र सञ्चालनमा आएको हो । निजी अस्पतालमा महगो रुपमा यो सेवा लिइरहेका विरामीका लागि अब भने सस्तो दरमा सेवा लिन सक्ने भएका छन् । सिटी स्क्यान मेसिन पहिलेनै जडान भएपनि सेवा भने सुरु हुन सकेको थिएन । बागमती प्रदेश सरकारको सहयोगमा अस्पतालले सिटी स्क्यान सेवा सुरु गरेको हेटौंडा अस्पताल विकास समितिका सदस्य उत्सव चौलागाईंले जानकारी दिए । उनका अनुसार हेटौंडा अस्पतालमा दैनिक ३० जनासम्म बिरामीका लागि सेवा दिन मिल्ने गरी सिटीस्क्यान मेसिन सञ्चालनमा आएको हो ।

0
Shares

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

test
Advertisment

छुटाउनुभयो कि? सबै