Comments Add Comment

विश्वकप फुटबल : फाइनल प्रवेशका लागि आज अर्जेन्टिना र क्रोएशिया भिड्ने

कतारमा जारी विश्वकप फुटबलमा आजदेखि सेमिफाईनलका खेल हुने भएको छ । कतारको लुसेल रंगशालामा आज राती नेपाली समयअनुसार पौने १ बजे हुने पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएशियाबीच प्रतिस्पर्धा हुनेछ। यसैगरि भोली बुधबार राती फ्रान्स र मोरक्कोबीच दोस्रो सेमिफाइनल खेल हुनेछ।

यी दुवै खेलका विजेता विश्वकपको उपाधिका लागि फाइनल प्रतिस्पर्धा गर्नेछन् भने पराजित दुई टोलीले तेस्रो स्थानका लागि खेल्नेछन्। तेस्रो स्थानको खेल कतारको खलिफा अन्तरराष्ट्रिय रंगशालामा शनिबार राति पौने ९ बजे हुनेछ। विश्वकपको फाइनल खेल भने आगामी आइतबार लुसेल स्टेडियममा नै राति पौने ९ बजे शुरु हुनेछ। पुस ३ गते सम्म चल्ने विश्वकपमा १५ लाख विदेशी कतार पुग्ने अनुमानसँगै २८ लाख ९० हजार टिकट बिक्री भइसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर