नेपालमा धेरै रुर्चाएको सिङ्गिङ रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन ३’ को उपाधि किरण गजमेरले जितेका छन्। टिम प्रमोदबाट फाईनल पुगेका उनले उपाधि जितेसँगै नगद २५ लाख रुपैयाँ प्राप्त गरेका छन्। यसैगरी बाग्लुङकी तारा श्रीष मगर, दार्जलिङका आर्यन तामाङ र ज्वाला राई फाइनलिस्ट भएका छन् । यी तीनैजना फाइनलिस्टले द भ्वाईसको ट्रफी पाएका छन् ।

May be an image of 5 people and people standing

एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यो निर्णय भएको हो । एसएमएस र अनलाइनमार्फत् संसारभर रहेका नेपालीहरुले उनीहरुलाई भोट गरेका थिए । शनिवारको एपिसोडमा यी चारै जना प्रतिभाहरुले आफ्ना प्रस्तुतिहरु दिएका थिए । किरण गजमेरले उपाधि जितेपछि आफूलाई विश्वभरबाट भोट गर्ने सबै नेपालीहरुलाई धन्यवाद दिए । टिम प्रमोदको प्रतिस्पर्धीले लगातार दोश्रो पटक नेपालकै नम्बर १ रियालिटी शोको टाइटल जितेका छन् । यसअघि पनि टिम प्रमोदबाटै राम लिम्बुले यो उपाधि जितेका थिए ।

May be an image of one or more people, people standing and indoor