बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । बुधबार सांझ मुख्यमन्त्रीमा नियुक्त भए लगत्तै शाक्यले समाजिक विकास मन्त्रीमा कृष्णप्रसाद शर्मा खनाल र आन्तरिक मामिला तथा कानुनमन्त्रीमा केशवराज पाण्डेलाई नियुक्त गरेकी हुन् । पाण्डे यसअघिको सरकारमा पनि आन्तरिक मामिला तथा कानुनमन्त्री र भौतिक पूर्वाधार तथा विकासमन्त्रीको पनि जिम्मेवारी समालिरहेका थिए ।