काठमाण्डाै – आइतबार एकैदिन सुनको भाउ प्रतितोला १५ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९० हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य पनि तोलाको ८९ हजार ५५० रुपैयाँ निर्धारण भएको छ ।

शुक्रबार छापावाल सुनको भाउ तोलाको ९१ लाख ५०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९१ हजार रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँले घटेर १२ सय ४० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।