काठमाडौँ – आइतबार सुनको भाउमा सामान्य गिरावट आएको छ । माघ ३० गते प्रतिकित्ता ९० हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज फागुन २ गते सोमबार भने प्रतितोला एक सय रुपैयाँ घटेर ९० हजार ८०० रुपैयाँमा कारोबार हुने भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोही परिमाणको तेजावी सुनको मूल्य आज ९० हजार ३०० रुपैयाँ रहेको छ । 


यता, चाँदीको भाउ भने बढेको छ । यसअघि एक हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी आज भने प्रतितोला एक हजार ३३५ रुपैयाँ पर्ने महासंघले जनाएको छ ।