मकवानपुरमा जारी निषेधाज्ञामा आजबाट केही कडाई गर्ने भएको छ । पछिल्लो समय मकवानपुरमा कोरोना संक्रमण बढेसंगै केही कडाई गर्न थालेको हो । आजबाट जिल्ला भित्र चल्ले निजि तथा सार्वजनिक सवारी साधनमा जोरविजोर प्रणाली लागु हुने भएको छ । यसैगरि आजबाट मास्क नलगाई हिड्नेलाई १ सय रुपैयाँ जरिवाना लाग्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता देबेन्द्र दासले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरको जिल्ला कोभिड संकट व्यवस्थापनले पछिल्लो पटक थप गरेको निषेधाज्ञा आजबाट साउन मसन्तसम्म रहेको छ । बैठकले पसल खुल्ने समय घटाइएको छ । बैठकले अत्यावश्यक उपभोग्य बस्तु खाद्यान्य, मान्छा,मासु, तरकारी, फलफुल, दुध, पानि अण्डा पसलहरु बिहान ५ बजे देखी बिहान १० बजे सम्म खोल्न पाईने र अन्य पसलहरु दिउँसो १२ बजे देखी बेलुका ४ बजे सम्म संचालन गर्न दिने निर्णय गरेको छ । यसैगरि बैक तथा वित्तिय संस्थाहरु भने बिहान १० बजे देखी दिउँसो २ बजे सम्म संचालन गर्न पाउने निर्णय गरेको छ ।