हेटौँडा बसपार्कको बारेमा अश्लिल संकेत गर्ने विशाल गौतमले माफी मागेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत हेटौंडाबासीसंग माफी मागेका हुन् ।
उनले आफुले हेटौँडाको बारेमा नकारात्मक बताउन नखोजेको भन्दै आफ्नो अभिव्यक्तिले हेटौँडाबासीलाई असर परेकोमा क्षमा मागेका छन् । बुढापाकाले बोल्दा प्याच्च नबोल्नु भन्ने गरेको स्मरण गर्दै उनले आगामी दिनमा यस्तो गल्ति नहुने उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।
केही दिन अघि हेटौँडा आईपुगेका उनले हेटौँडा बसपार्क आईपुगेको भन्दै पोष्ट गरेको भिडियोमा ‘नाकको फुली’ संकेत गर्दै हेटौँडा बसपार्क यौन गतिविधिका लागि प्रख्यात रहेको आरोप लगाएका थिए । उनको यस्तो गतिविधिले हेटौँडा बजारको अपमान भएको र युवामा नरात्मक असर पर्ने भन्दै हेटौँडा युवा अभियान र युथ अफ हेटौँडाले प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीमाफत गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएको थियो ।
त्यसपछि उनले सामाजिक सञ्जालबाट उक्त भिडियो हटाएका थिए । गौतमले आफ्नो अर्को एक भिडियोमा अश्लिल शव्द प्रयोग गर्दै आफु बुटबलमा रहेको बताएका छन् ।