
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको फरेष्टी गेट नजिक अन्दाजी ४० वर्षीय बेहोस अवस्थामा भेटिएको पुरुषको मृत्यु भएको छ । सोमबार बिहान फोरेष्ट्रि गेट नजिक बेहोस अवस्थामा भेटिएको पुरुषको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बेहोस अवस्थामा भेटिएका उनि मकवानपुरगढी गाउँपालिका वडा नंबर ७ का ज्ञानेन्द्र घिमिरे रहेको प्रहरीले जानकारी दिएको छ ।
सोमबार बिहान स्थानियले उनलाई बेहोस अवस्थामा भेटिएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनलाई उपचारका लागि हेटौंडा अस्पताल लगेका थिए । उपचारको क्रममा उनको सोमबार बिहान ८ बजे मृत्यु भएको भनेर अस्पतालले जानकारी दिए । मृतकको शरीरमा कुनै बाहिरी चोटपटक नदेखिएको र विष सेवन गरेको हुन सक्ने प्रहरी जानकारी दिएका छन् । उनको शव हेटौंडा अस्पतालमा पोस्टमार्टमको लागि राखिएको र थप आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




