Comments Add Comment

कुलेखानीमा पहिलो पटक बृहत ल्होछार महोत्सव हुने

इन्द्रसरोबर गाँउपालिकाको कुलेखानीमा पहिलो पटक ल्होछार महोत्सब गर्ने भएको छ । २८५६ जीवा ल्हो (मुसा) वर्गको अबसरमा कुलेखानी तामाङ समाजको आयोजनामा यही माघ २० गते ल्होछार महोत्सब तथा बृहत सास्कृतिक कार्यक्रम लगायत शान्ति पुजा गर्ने भएको छ । भ्रमण नेपाल २०२० सफल बनाउन स्थानीय पर्यटन प्रबर्द्धनको सास्कृतिक पर्ब ल्होछारलाई आफ्नो घरआगनमा मनाउने उधेश्यले समाजले कार्यक्रम गर्न लागेको कार्यक्रम संयोजक बिरेन गोलेले बताए ।

कार्यक्रम सफल बनाउन राष्ट्रिय तथा स्थानिय कलकारहरुको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ । महोत्सबमा लामा, बोन्पो, ताम्बा लगायतको झाकी र्याली सहीत गाँउपालिका परिक्रमा गरि कार्यक्रम स्थल इन्द्रसरोबर २ कुलेखाली टोट्के चौरमा पुगिने भएको छ । तामाङ भेषभुषा, तामाङ मौलिक खाना लगायतको स्टलहरु समेत रहने संयोजक गोलेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर