हेटौंडा – बडा दशैंको अवसरमा हेटौंडा–७ स्थित नागस्वतीमा जारी टाेल स्तरीय फुटबल प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमा अग्राठेले  नवज्योती लाई ३–१ गोलले पराजित  गरेको छ । खेलको म्यान अफ द म्याच  अग्राठेका मनोज घलान भएका छन् ।

आज भएको  खेलमा वनदेवी ले  ७ नं भेट्रान्स लाई १–० गोल अन्तरले पराजित गरेको छ ।  खेलको म्यान अफ द म्याच  वनदेवी टोलका  सुजल श्रेष्ठ  भएका छन् ।

प्रतियोगिता अन्तर्गत भोली  नवज्योती र आदर्श टोल विकासको खेल हुने आयोजकले जानकारी दिएको छ।

प्रतियोगिताको सेमी फाईनल चरणका खेलहरु २२ गतेबाट सुरु हुने र फाईनल खेल २५ गते हुने सञ्चार संयोजक गोकुल अधिकारीले जानकारी दिएका छन् ।

प्रतियोगितामा प्रथम हुने टिमले ४५ किलोको खसि , शिल्ड ,मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने दित्तिय हुने टिमले ३५ किलोको खसि ,शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडि , हरेक खेलका म्यान अफ द म्याच ,अनुसाशित टिम ,सर्वाधिक गोलकर्ता लगायतलाई पनि आकर्षक पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाइएको छ ।