Comments Add Comment

रवी लामिछाने आज हेटौंडा आउँदै

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवी लामिछाने आज हेटौंडा आउँने भएका छन् । मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरि राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले आयोजना गरेको चुनावी आमसभा र कोण सभालाई सम्बोधन गर्न लामिछाने आज हेटौंडा आउँन लागेका हुन् ।

लामिछानेले आज बिहान मनहरी बजारमा हुने चुनावी कोण सभा र दिउँसो हेटौंडा–४ हुप्राचौरमा आयोजना हुन लागेको चुनावी आम सभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको पार्टीका जिल्ला सभापति राजकुमार न्यौपानेले जानकारी दिए । उक्त पार्टीबाट मकवानपुरको क्षेत्र नम्बर १ मा टाकाराज थापा(सुरेश) र २ मा भरत पराजुली उम्मेदवार छन् ।

0
Shares

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

test
Advertisment

छुटाउनुभयो कि? सबै