Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

बागमतीमा कांग्रेसको शुभकामना आदानप्रदान

Company Register

नेपाली कांग्रेस बागमती गाउँपालिका–८ को न्युरेनी टोलमा बिहीबार शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । दीपावली, नेपाल संवत तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो । पार्टीको न्यूरेनी टोलका सभापति डम्बरबहादुर थिङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरकी जिल्ला सदस्य इन्दिरा न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेस बागमती गाउँपालिकाका सभापति भक्तबहादुर राई, पार्टी क्षेत्रीय सदस्य ममता सिग्देल, तरुण दल मकवानपुरका सचिव सन्तोष सापकोटा, पार्टी ८ नम्बर वडा सभापति सूर्यमान थोकर, पार्टीको बागमती काठमाडौं सम्पर्क समितिका अध्यक्ष विवेक गोले, पार्टीका बागमती गाउँपालिका सदस्य शुक्रबहादुर पाख्रिन, समाजसेवी हरिबहादुर विक, महिला संघ बागमती गाउँपालिका सचिव चन्द्रिका परियारलगायतको आतिथ्यता रहेको थियो ।

Advertisement

कार्यक्रमकैबीच प्रमुख अतिथि न्यौपानेले स्थानीय परिवर्तनशील युवा सेवा समाजलाई आर्थिक सहयोगसमेत हस्तान्तरण गरेकी थिइन् । युवा सेवा समाजले निर्माण गरिरहेको प्रतिक्षालयको छानो छाउनको लागि न्यौपानेले क्लवका अध्यक्ष चन्द्रबहादुर लामालाई नगद १० हजार रुपैयाँ हस्तान्तरण गरेकी हुन् । त्यसैगरी सोही कार्यक्रममा शुक्रबहादुर पाख्रिनले ३ हजार र हरिबहादुर विकले २ हजार रुपैयाँ प्रतिक्षालय निर्माण पूरा गर्न सहयोग गरेका थिए ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...