यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हेटौंडाको नेवारपानीमा बस र ट्रक ठोकिँदा एकको मृत्यु


मकवानपुरमा यात्रुबाहक बस र माल बाहक ट्रक एकआपसमा ठोकिदा बसमा सवार एक यात्रुको ज्यान गएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१९ नेवारपानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शुक्रबार बिहान काठमाडौंबाट सर्लाही जाँदै गरेको ना ६ ख १०८५ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना २ ख ७५३८ नम्बरको ट्रकले बसको पछाडिको भागमा ठक्कर दिँदा बसमा सवार एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाही चक्रघट्टाका अन्दाजी ४० बर्षीय राजकिशोर रायको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनको उपचारको क्रममा हेटौँडा–११ स्थित चुरेहिल अस्पतालमा मुत्यु भएको जनाइएको छ। ट्रक तथा बस दुबै सवारीका चालक मकवानपुर प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ।