मकवानपुरमा थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३६ जनामा गरिएको परीक्षणमा थप ३ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

पुष्टि हुने ३ जनानै हेटौंडा उपमहानगरपालिका भित्रका रहेको कार्यलयले जनाएको छ । यसैगरि,आज थप ४ जना संक्रमण मुक्त भएका छन् । जिल्लामा हाल ५३ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जिल्लामा कोरोनाको कारण हालसम्म १६६ जनाको मृत्यु भएको कार्यलयले जनाएको छ ।