स्थानीय तह निर्वाचन अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मत गणना जारी रहेको छ । शुक्रबार बिहानसम्मको ६३१२४ मत गणनाको मत परिणाम अनुसार मेयर पदमा गठबन्धनका उम्मेदवार मिना कुमारी लामाले १७७२ मत सहित अग्रता कायमै बनाईकी छन् । उनलेले १९९६४ मत प्राप्त गरेकी छन् भने एमालेका उम्मेदवार अनन्त पौडेलले १८१९२ मत ल्याई उनलाई पछ्याईरहेका छन् । पौडेल दोस्रो स्थानमा रहेका छन् । राप्रपाका उम्मेदवार दिपक सिंहले १७५६० मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् ।