हेटौंडा उपमहानगरपालिका वडा नंंम्बर ९ को मत गणना जारी रहेको छ । हाल १८९७ मतगणना गर्दा मेयर पदमा गठबन्धनका उम्मेदवारले ५७३ , एमालेका उम्मेदवारले ५६० र राप्रपाका उम्मेदवारले ५४० मत प्राप्त गरेका छन् भने उपमेयरमा गठबन्धनका उम्मेदवारले ७७७ , एमालेका उम्मेदवारले ५९६ र राप्रपाका उम्मेदवारले १७९ मत प्राप्त गरेका छन् । यसैगरी वडाध्यक्षमा गठबन्धनका उम्मेदवारले ९९८ , एमालेका उम्मेदवारले ५७२ र राप्रपाका उम्मेदवारले १३९ मत प्राप्त गरे ।