मकवानपुरको भिमफेदी कारागारमा एक कैदीको मृत्यु भएको छ । कैदी जिवन बिताईरहेका कैदीको उपचारको क्रममा मृत्यु भएको छ । २०७६ सालमा लागूऔषध मुद्दामा करागारमा कैदी जीवन बिताइरहेका हेटौंडा उपमहानगरपालिका वडा नंम्बर २ का ३४ बर्षीय मिलन परियारको मृत्यु भएको हो ।

७ वर्षका लागि कैदी सजाय पाएका उनलाई मंगलबार एक्कासी छाती पोल्ने र दुख्ने समस्या देखापरेपछि प्राथमिक स्वास्थ्य चौकी भीमफेदीमा उपचारको लागि लगिएको भीमफेदी स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि हेटौंडा ल्याउदै गर्दा बाटोमा मृत्यु भएको जनाइएको छ। मृत्यु त्यही समस्याले हो या अन्य स्वास्थ्य समस्याले हो भन्नै बिषयमा अनुसन्धान भइरहेको जनाइएको छ।