प्युठानका एक जना कोरोना संक्रमित बुटवलमा मृत्यु भएको छ। भदौ १ गते लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा भर्ना भएर उपचार गराइरहेका प्युठान स्वर्गद्वारी नगरपालिका ७ का ६४ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको अस्पतालका प्रवक्ता डा विष्णु गौतमले जानकारी दिए। उनका अनुसार ती पुरुष उच्च रक्तचाप र मधुमेहका रोगी थिए। शुक्रबार बिहान एक्कासी रक्तचाप अस्वभाविक रुपमा बढेपछि उनको थप उपचार गर्ने क्रममा मृत्यु भएको डा. गौतमले बताए । भारतबाट रोजगारी गरेर फर्किएका उनी शुरुमा नगरपालिकाले बनाएको क्वारेन्टिनमा बसेका थिए । संक्रमण पुष्टि भएपछि उनमा खोकी लाग्ने ज्वरो आउने र स्वासप्रस्वासमा समेत समस्या देखिएपछि बुटवल लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको थियो।