काठमाडौं– जापानको नयाँ प्रधानमन्त्री पदमामा योशिहिदे सुगा निर्वाचित भएका छन् । तल्लो सदन डाइटमा भएको मतदानबाट त्यहाँको ९९औं प्रधानमन्त्रीको रुपमा सुगा निर्वाचित भएको जापानी संचार माध्याम एनएचकेले जनाएको छ ।

तल्लो सदनको ४ सय ६५ मतमध्ये ३ सय १४ मत प्राप्त गर्दै सुगा निर्वाचित भएका हुन । हाल जापानको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) नेतृत्वको गठबन्धन सरकार अहिले सत्तामा छ । एलडीपीको संसदमा २ सय ८४ सिट छ भने सत्ता साझेदार कोमेइटो पार्टीसँग २९ सिट छ ।