मकवानपुर जिल्ला भलिबल संघको अध्यक्षमा बसन्त कुमार सिटौला चयन भएका छन् । बुधबार हेटौँडामा भएको भलिबल संघको पाँचौ अधिवेशनले सिटौलाको अध्यक्षतामा जिल्ला कार्यसमिति चयन गरिएको हो ।

उपाध्यक्षमा ईन्द्र प्रसाद सञ्जेल तथा चुँडा खड्का चयन भएका छन् । संघको महासचिवमा सन्तोष श्रेष्ठ र कोषाध्यक्षमा शंकर कार्की चयन भएका छन् भने सदस्यहरुमा कमल बिडारी, सजिता पौडेल, मनोज लामा, ईन्द्र बज्राचार्य, रजु घले, रञ्जन अमात्य तथा सिशम माझी, चयन भएका छन् । अधिवेशन नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष कुमार राज सुवेदीको प्रमुख आतिथ्य तथा निवर्तमान जिल्ला अध्यक्ष बिन्द्रलाल श्रेष्ठको अध्यक्षतामा भएको थियो ।