श्रीमतीको हत्या गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले श्रीमान्‌लाई २२ वर्ष कैद गर्ने फैसला सुनाएको छ । मकवानपुरगढी गाउँपालिका वडा नंम्बर २ खोलेखेतका देवराज गोलेलाई जिल्ला न्यायाधीश मनकुमारी जिएम विकको सोमबारको इजलासले उक्त फैसला गरेको हो ।

४६ वर्षीया पत्निलाई मादक पदार्थ सेवन गरेर गोलेले २०७७ माघ ४ गते राति घरमै हत्या गरेका थिए । कुटपिटबाट पत्निको मृत्यु भएपछि भर्‍याङबाट लडेर मृत्यु भएको भनेर छिमेकीहरुलाई गोलेले ढाँटेका थिए । प्रहरीको अनुसन्धानबाट गोलेले नै हत्या गरेको ठहर गरेको थियो । गोले अहिले भीमफेदी कारागारमा छन् ।