
मकवानपुर फुटबल संघको आयोजनामा हेटौंडामा जारी चौथो स्थानीय तह शहीद स्मृती अन्तराष्टिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टोली विजय युथ क्लव फाइनल प्रवेश गरेको छ । आज शुक्रबार हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पु्लिसलाई १ -० गोल अन्तरले पराजित गर्दै विजय युथ प्रतियोगिताको फाईवनल प्रवेश गरेको हो ।
जितको लागि विजय युथका विदेशी खेलाडी पेपेले गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको ७ औँ मिनेटमा अमिर श्रेष्ठको पासमा पेपेले हेडिङ मार्फत गोल गरेका थिए । खेलको म्यान अफ द म्याच विजय युथका बिदेशी खेलाडी पेपे घोषित भए । उनले नगद दश हजारसहित शिल्ड प्राप्त गरे ।
विजय भएसँगै अब विजय युथले भोलि शनिबार हुने त्रिभुवन आर्मी र क्याम्रुनी एभिनियर क्लवबीचको विजेतासँग यही जेष्ठ ३० गते सोमबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले १५ लाख र उपविजेता टोलिले १० लाख र शिल्ड , मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै विधागत उत्कृट हुने प्रशिक्षक सहित ६ खेलाडीले ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइलक प्राप्त गर्नेछ । प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको थियो ।
तस्विर : राजन कटुवाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




