हेटौंडा/ आसन्न बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा राजनीतिक दल र दलका उम्मेदवार चुनावी सभा र मतदाता भेटमा घरदैलो गर्दैछन् ।

२०७४ को निर्वाचनमा नेपाली कांग्रेसले जितेको बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १ मा पुन: कांग्रेसलाई जिताउने जिम्मेवारी बोकेर प्यानल सहित सबिन न्यौपाने मैदानमा उत्रिएका छन् ।

अघिल्लो निर्वाचनमा कांग्रेसबाट हेटौंडा-१ को वडा अध्यक्षमा लोकप्रिय मत प्राप्त गर्दै निर्वाचित भएका न्यौपानेलाई यस पटक कांग्रेसको सेट सहित वडामा विजयी गराउने जिम्मेवारी पार्टीले उनलाई सुम्पेको छ । एमालेको गढ मानिने हेटौंडा-१ मा यसअघि कांग्रेसको तर्फबाट विजयी भएका न्यौपाने पार्टी भन्दापनि आफ्नो व्यक्ति छविले गर्दा विजयी भएको र अध्यक्ष भैसकेको ५ वर्ष बितिसक्दा वडाको विकासले फड्को मारेको वडाबासीहरुको भनाइ रहेको छ । हेटौंडा-१ का एक स्थानियले भने ‘हामीलाई वडा अध्यक्षमा कुनै पार्टीको नेताभन्दा पनि हामी बिचको मान्छे चाहिएको हो । त्यसैले मेरो रोजाइ सबिन न्यौपाने हो ।’

डेढ दशक पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेर कांग्रेसको सक्रिय राजनितीमा होमिएका न्यौपाने मकवानपुरबाट निरन्तर प्रकाशित ‘क’ वर्गको दैनिक पत्रिका साझाकुरा राष्ट्रिय दैनिकका प्रकाशक समेत हुन् । कांग्रेसको १४ औँ महाधिबेशन अनतर्गत हेटौंडा उपमहानगरपालिकाको अधिवेशनबाट नगर सचिव बनेका न्यौपानेको राजनीतिक सक्रियता कायमै छ ।

स्थानीय निर्वाचनको अवस्थामा हेटौंडा-१ को वडा अध्यक्षको उम्मेदवार तथा पार्टीको हेटौंडा नगर सचिवको हैसियतले पनि वडादेखि उपमहानगरपालिकाको नेतृत्व गठबन्धनको पोल्टामा पार्न सबै एकढिक्का बनेर चुनावी प्रचारमा लागि परेको वडा अध्यक्षका उम्मेदवार न्यौपानेको भनाई छ ।

चुनावी प्रतिस्प्रर्धा रहेको न्यौपानेका अनुसार यो पटक वडामा पनि जित संख्या बढ्ने र संगो देशको नेतृत्व गठबन्धनको पोल्टामा आउने दाबी गर्छन् । सत्तारुढ गठबन्धनबाट हेटौंडा-१ मा कांग्रेस उम्मेदवार न्यौपानेको नेतृत्वमा महिला वडा सदस्य सरिता पाख्रीन, दलित महिला वडा सदस्य निशा विश्वकर्मा र खुल्ला वडा सदस्यमा बुद्ध बहादुर पाख्रीन, हरि श्रेष्ठको टिम सहित गठबन्धन चुनावी मैदानमा छन् भने गठबन्धनको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेकपा (एस) की मिना लामा र उपमेयरमा कांग्रेसका राजेश बानियाँ उम्मेदवार रहेका छन् ।