Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

खोलाको गिट्टीबालुवा चोर्न नपाएपछि आन्दोलन

Company Register

पूर्वी नवलपरासीमा नदीजन्य वस्तुको दोहान गर्दै आएका ट्याक्टरहरुलाई कारबाही थालिएपछि ट्वाक्टर व्यवसायीहरू आन्दोलित भएका छन् । नवलपरासीपूर्व विनयीखोला, अरुणखोला, पत्थरखोला लगायतका खोलाहरुबाट नदीजन्य वस्तुको दोहन तीव्र रुपमा भएको उजुरी परेपछि प्रहरी प्रशासनले कारवाही थालेको छ । बिहीबार मात्रै प्रहरीले विनयी त्रिवेणी २ मा रहेको विनयी खोलाबाट खोलाको गिटी, बालुवा चोरी गर्दै गरेका १७ वटा ट्याक्टर नियन्त्रणमा लिएको थियो । नदीजन्य वस्तुको दोहन भएको भन्दै स्थानीयले उजुरी गरेपछि प्रहरी प्रशाशनले कारवाही थालेको थियो ।

Advertisement

खोलाबाट गिटीबालुवा चोरी गर्न नपाएपछि ट्याक्टर व्यवसायीहरु शुक्रबार ट्याक्टर लिएर आन्दोलनमा उत्रिएका छन् । शुक्रबार ट्याक्टर व्यवसायीहरुले नवलपुरको सदरमुकाम कावासोतीमा ट्याक्टरसहित र्‍याली गरे ।नदीजन्य वस्तुको निकासीका लागि ठेक्का लगाउनु पर्ने उनीहरुको माग छ । स्थानीय तह आफैंले रोयल्टी उठाएर भए पनि खोल्नुपर्ने नवलपुर टेक्टर समितिका अध्यक्ष शिव गिरीले बताए । ट्याक्टर व्यवसायीहरुले शुक्रबार २ सयभन्दा बढी टेक्टर राजमार्गमा निकालेर विरोध गरेका थिए । नवलपुरकी प्रमुख जिल्ला अधिकारी मनमायाँ भट्टराई पंगेनीले नदीजन्य वस्तुको दोहन गर्नेलाई छुट नदिने बताइन् । ‘नदीजन्य वस्तुको दोहन गर्ने छुट कसैलाई छैन ।’– उनले भनिन् ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...