प्याव्सन नगर अध्यक्षमा रामकुमार श्रेष्ठ

Company Register

हेटौंडा – निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) हेटौंडाको अध्यक्षमा रामकुमार श्रेष्ठ चयन भएका छन् ।

Advertisement

शनिबार भएको दोस्रो वार्षिक साधारण सभा तथा नगर अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति निर्माण भएको हो ।

ya thau khali xa
नगरको उपाध्यक्षमा अरविन्दकुमार झा, सचिवमा श्यामकुमार बानियाँ, कोषाध्यक्षमा अरुण पराजुली तथा सदस्यमा गौरी चिमोरिया, विजय तामाङ, प्रतिभा डंगोल, सुदिपराज गिरी, विश्वनारायण श्रेष्ठ चयन भएका छन् । नगर अध्यक्ष राजकुमार नहर्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्याव्सनका केन्द्रीय समितिको सहकोषाध्यक्ष ग्रेस श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा हेटौंडाका महिला प्रिन्सिपल रिना आचार्य, लक्ष्मी श्रेष्ठ, गौरी चिमोरिया, सरिता भण्डारी, शोभा थापा, प्रतिभा डंगोल र पत्रकार हरि हुमागाईलाई सम्मान गरिएको थियो ।नगर अधिवेशनमा प्याव्सन केन्द्रीय समितिका सल्लाहकार आशिष श्रेष्ठ, केन्द्रीय सदस्य मदन कुमार दाहाल, प्याव्सन मकवानपुरका कार्यवाहक अध्यक्ष विनोद सुवेदीलगायतको आतिथ्यता रहेको थियो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...