बागमती प्रदेशको राजधानी हेटौंडामा रोटरी क्लब अफ मकवानपुर र रोट्र्याक्ट क्लब अफ मकवानपुरको सक्रियतामा पञ्चसिद्धि फाउण्डेसनका सिद्धिलाल श्रेष्ठको साथमा हेटौंडामा निरन्तरता पाइरहेको निशुल्क खाना खुवाउने अभियानमा नेपाल तरुण दल मकवानपुरले सहकार्य गर्दै बिहिबार एक छाक भोजन गराएको छ।

निषेधाज्ञाका कारण दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई राहत मिलोस भन्ने उद्देश्यले १६ दिन अघि बाट शुरू गरिएको निशुल्क खाना खुवाउने अभियानमा बिहिबार तरुण दल मकवानपुरले २५२ जनालाई खाना खुवाइएको हो। हेटौंडा ४ स्थित लोकतान्त्रिक चौर हुप्रचौरमा १३१ जना,हेटौंडा अस्पतालमा ९० जना, असहायहरु ३१ जना गरी २५२ जनालाई खाना खुवाइएको हो । त्यस्तै हेटौंडा अस्पतालका ९४ जना बिरामीहरुलाई निशुल्क बिहानको खुवाएको थियो ।