Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

मकवानपुरगढीका शिक्षकलाई एक महिने अनलाईन तालिम सुरु

Company Register

मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको आयोजनामा १ महिने अनलाइन तालिम सञ्चालन गरिएको छ। शिक्षकहरुको क्षमता बृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । तालिममा प्राथमिक तहमा अङ्ग्रेजी बिषयको तालिम बिहान १० बजेदेखि १२ बजेसम्म रहने, निमावि र माध्यमिक तहमा गणितसंग सम्बन्धित तालिम १२ बजेदेखि २ बजे सम्मरहने, प्राविधिकसंग सम्बन्धित तालिम २ बजेदेखि ४ बजेसम्म संचालित हुने मकवानपुरगढी गाउँपालिकाका स्रोत शिक्षक इन्द्र बहादुर कार्कीले बताए । तालिम लिनुको मुख्य उद्देश्य शिक्षकहरुको क्षमता बृद्धि गर्ने रहेको कार्कीले बताए । तालिममा संगम चौलागाई, जंगनाथ सिंह कार्की र सवण कुमार श्रेष्ठले प्रशिक्षण दिने गाउँपालिकाका स्रोत शिक्षक कार्कीले बताए ।

Advertisement

तालिम कार्यक्रमको प्रमुख अतिथि मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुमागाईं,उद्घाटन समारोहका संञ्चालक मकवानपुर गढी गाउँपालिकाका स्रोत शिक्षक इन्द्र बहादुर कार्की तालिमको सभाअध्यक्ष गढी गाउँपालिकाका स्रोत शिक्षक दासरथी उपाध्याय, अथितीमा सामाजिक विकास संयोजक जित बहादुर घिमिरे, प्रमुख प्रशासक्रिय अधिकृत राम कुमार पुडासैनी रहेका थिए। तालिममा १ सय २१ जना शिक्षकहरू सहभागी थिए ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...