मकवानपुरको भिमफेदी गाउँपालिकाको भैसेबाट प्रहरीले लागु औषध गाँजासहित एक जनालाई प्रकाउ गरेको छ । बुधवार दिउँसोको समयमा प्रहरी चौकी भैसेबाट खटिएको प्रहरी टोलीले भीमफेदी २ मा रहेको भैसे चेक पोष्ट अगाडी सडकमा बा २९ प ३०४४ नं को मोटरसाइकललाई रोकी चेकजाँच गर्दा गाँजा फेला परेको हो ।

उक्त मोटरसाइकल चालक मकवानपुर कैलाश गाउँपालिका वडा नं ४ झ्याङगे बस्ने बर्ष २४ को बिजय लामा भन्ने मान बहादुर मोक्तानले मोटरसाइकलको सिटमा जेब्रा झोला भित्र लुकाई ल्याएको लागु औषध गाँजा ६ किलो फेला परेको मकवानपुर प्रहरीले जानकारी दिएको हो । उक्त लागु औषध र मोटरसाइकलसहित मोक्तानलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।