मकवानपुरगढी–१ आँपटारमा ३ महिने सिलाईकटाई तालिम सुरु

मकवानपुरगढी गाउँपालिकाको वडा न. १ आँपटारमा तीन महिने प्राविधिक सीप विकास सम्बन्धि सिलाई कटाई तालिम सुरु भएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत तालिम सुरु भएको हो । तालिममा वडा न. १ का २२ जना महिलाहरुको सहभागिता रहेको छ ।

May be an image of 7 people, people standing, people sitting and indoor

१ नंम्बर वडाका वडाध्यक्ष आईत सिं लोको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको छ । प्रमुख अतिथी एवम् गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले सिलाई सामाग्रीहरु प्रशिक्षकलाई हस्तान्तरण र सिलाई मेशिन चलाएर कार्यक्रमको शुभारम्भ गर्नु भएको छ । कार्यक्रममा वडा सदस्य सुन्तली वि.क., कार्यक्रम संयोजक एंव गाउँपालिकाको कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरी, उद्यम सहजकर्ता सिता बुढाथोकी, प्रतिमा डाँगी र प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

अनलाइनपत्र संवाददाता

Next Post

आज मन्त्रिपरिषद् विस्तार हुने, आजै शपथ

Fri Mar 31 , 2023
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहमति नभएपछि मन्त्रिपरिषद् विस्तार मिति आजलाई सरेको हो । शुक्रबार बिहान एक चरण छलफल गरेर दिउँसोसम्ममा शपथ दिलाउने गठबन्धनको तयारी रहेको एक नेताले बताए । बिहिबार बसेको गठबन्धन बैठकमा मिल्न बाँकी मन्त्रालयहरू आफैं […]

सम्बन्धित खबर