हेटौंडा उपमहानगरपाकिा वडा नंम्बर ७ स्थित नागस्वती भेट्रान्स क्लबको आयोजनामा शनिबार देखी सुरु भएको प्रथम नागस्वती भेट्रान्स रनिङ शिल्ड एट ए साइड फुटबल प्रतियोगितामा आयोजक क्लब नागस्वती भेट्रान्स क्लब ए ले विजयी सुरुवात गरेको छ । शनिबार भएको उदघाटन खेलमा नागस्वती भेट्रान्स ए ले पशुपती भेट्रान्सलाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेका हो ।

आयोृजकको लागि सुलभजंग राणाले टिमको लागि व्यक्तिगत २ गोल गरे । खेलमा पशुपती भेट्रान्सले अवसरहरु पाएपनि सदुपयोग गर्न नसकिएपछि पराजय बेहोर्नु परेको थियो । प्रतियोगिताको म्यान अफ द म्याच आयोजकलाई जित दिलाउने राणा घोषित भए । आज चितवन भेट्रान्स र जोरपाटी भेट्रान्स बीच पहिलो खेल हुनेछ भने दोश्रो खेल हेटौडा भेट्रान्स र भुटनदेवी भेट्रान्स बीच हुने आयोजकले जनाएको छ । यस्तै तेश्रो खेल काल भैरव भेट्रान्स र अभिषेकचर्च भेट्रान्स नवलपरासी र चौथो खेल भने कोटेश्वर ११ भेट्रान्स र सिमरा भेट्रान्स बीच हुनेछ भने अन्तिम खेल ठमेल चिया पप भेट्रान्स र वीरगञ्ज सिटी भेट्रान्स बीच हुने जनाएको छ ।

खेलमा विधागत नगद पुरस्कार तथा खेल अवधिभर उत्कृष्ठ खेल्ने एकजना खेलाडीलाई ५० हजार नगद पुरस्कार रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा देशभरका ४० वर्ष माथी उमेर समूहका पुर्व राष्टि«य खेलाडीहरुको १८ समुहको सहभागिता रहेको छ । प्रतियोगितामा विजेतालाई २ लाख १ हजार र उपविजेतालाई एक लाख १ हजार नगद सहित शिल्ड पुरस्कार रहेको अध्यक्ष सोमबहादुर तितुङले बताए ।