हेटौंडा–१९ दारिमटारमा टिपर र मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक चितवन रत्ननगरका अन्दाजी ४० बर्षीय युवराज आचार्य रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

मोटरसाइकलमा सवार बागलुङका ३३ बर्षीय नुर बहादुर थापा घाइते भएको छ उनलाई उपचारका लागि चुरेहिल अस्पताल ल्याएको छ । हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको इट्टा बोकेको प्रदेश ३ ००१ ख १८४९ नम्बरको टिपर र विपरीत दिशाबाट आउँदै गरेको ना ४९ प ८२५२ नम्बरको मोटरसाइकल ठक्कर खाएको प्रहरीले बताएको छ ।