नेपाली राष्ट्रिय क्रिकेटको नयाँ कप्तानमा सन्दिप लामिछाने चयन भएका छन् । नेपाल क्रिकेट संघले राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट ज्ञानेन्द्र मल्ललाई पदमुक्त गरेर लामिछानेनयाँ कप्तान चयन गरेको हो । संघको बुधबार बसेको बोर्ड वैठकले आचारसंहिता उल्लंघनको आरोपमा मल्ललाई कारवाही गरेको हो । उपकप्तान दीपेन्द्र सिंह ऐरीको जिम्मेवारी पनि खोसिएको छ ।

मल्ल र ऐरीसहित चार खेलाडीहरुलाई २०२२ को सेन्ट्रल कन्ट्राक्टमा सुरुको ६ महिना सहभागी नगराउने निर्णयसमेत क्यानले गरेको छ । संघले गठन गरेको अनुशासन उल्लंघन सम्वन्धी छानविन समितिले गरेको सिफारिस बमोजिम आचारसंहिता उल्लंघन आरोपमा कारवाही गरिएको क्यानले जनाएको छ ।